धुलिखेल १९ जेठ : काेरोना भाईरस संक्रमणका कारण काभ्रेमा थप ५ जनाको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाका ३ जना छन् भने २ जना बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
कार्यालयका अनुसार बनेपाका ३७ बर्षिय पुरुष,मण्डनदेउपुरका ८२ बर्षिय पुरुष र धुलिखेलका ४२ बर्षिय पुरुषको ज्यान गएको हो । यस्तै मन्थलीका ५६ बर्षिय महिला र सर्लाहीका ४७ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा ज्यान गएको हो ।
यो संगै जिल्लामा भाईरसको संक्रमणका कारण १९१ जनाको ज्यान गईसकेको छ । ति मध्ये १३६ जना जिल्लाकै हुन् भने ५५ जना अन्य जिल्लाका हुन् । यस्तै जिल्लका संक्रमित मध्ये उपचार पछि निको भएर थप २७३ जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लामा ६ हजार ९ सय ६४ जना संक्रमण मुक्त भईसकेका छन् । यस्तै जिल्लामा ३२५ जनालाई भाईरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट २२६ जनालाई र एन्टीजेन परिक्षणबाट ९९ जनालाई संक्रमण भएको पुष्टि भएको कार्यालयले जनाएको छ ।
यो संगै जिल्लामा ९ हजार ३ सय १५ जनालाई संक्रमण भईसकेको छ भने सक्रिय संक्रमितको संख्या २ हजार २ सय १५ जना पुगेको कार्यालयले जनाएको छ । हाल २०९५ जना होम आइसोलेसनमा र १२० जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया