काठमाडौं ४ जेठ : पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १९६ जनाको मृत्यु भएको छ । मंगलबार देशभर ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
२० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया