२०८२, २२ जेष्ठ बिहीबार

गाउँघरमा फैलदो कोरोना भाइरसको संक्रमण कसरी रोकथाम गर्ने : डाक्टर विराज कर्माचार्य सुझाव

गाउँघरमा फैलदो कोरोना भाइरसको संक्रमण कसरी रोकथाम गर्ने : डाक्टर विराज कर्माचार्य सुझाव


काठमाण्डौ २ जेठ :  अहिले सहर, बजारमा मात्र नभइ ग्रामीण क्षेत्रमा पनि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएको छ । सहर, बजारमा निषेधाज्ञा लागे पनि गाउँघरमा यो लागू नहुनु, विभिन्न सामाजिक कार्यक्रम नरोकिनु, मानिसको ओहोरदोहोर भइरहनु लगायतका कारण गाउँघरमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदो छ ।

कोरोना सङ्क्रमणले भयावह रूप लिँदा पनि गाउँघरमा विवाह, व्रतबन्ध, पूजाआजा लगायतका गतिविधिमा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्दै सहभागी हुने क्रमले पनि सङ्क्रमण फैलिँदै गएको छ ।

गाउँघरमा फैलिएको सङ्क्रमण कसरी रोकथाम गर्न सकिन्छ त रु डाक्टर विराज कर्माचार्य भन्नुहुन्छ, एक गाउँबाट अर्को गाउँमा हुने मानिसको ओहोरदोहोर बन्द गर्ने, एउटै गाउँका स्थानीयवासिन्दाले पनि एक आपसमा धेरै हेलमेल नगर्ने ।

यस्तै हरेक गाउँमा आइसोलेशन र क्वरेण्टीन बनाउने गरे पनि सङ्क्रमणको रोकथाम गर्न सकिन्छ । यस्तै सङ्क्रमण रोकथामका लागि सामूहिक रूपमा परीक्षण गर्न सकिन्छ तर धेरै जनाको परीक्षण गर्न सम्भव छैन भने सङ्क्रमणको जोखिममा रहेका व्यक्ति वा जोखिमयुक्त सहर, बजारबाट गएकाहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने डाक्टर विराज कर्माचार्य बताउनुहुन्छ ।

उहाँका अनुसार परिवारका एक सदस्यको परीक्षण गराउँदा पनि सङ्क्रमण फैलिएको दर पत्ता लगाउन सकिन्छ । यति कुरामा ध्यान दिन सके मात्रै पनि ८५ प्रतिशत थप सङ्क्रमण फैलिनबाट जोगाउन सकिने डाक्टर कर्माचार्यको भनाइ छ । यस्तै सङ्क्रमण भइहाले पनि नआत्तिकन स्वास्थ्यको ख्याल गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।

सङ्क्रमण हुँदैमा ठूला–ठूला अस्पतालमा लैजानु पर्दछ भन्ने छैन । तर पाँच दिनभन्दा बढी समयसम्म ज्वरो आए प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा पनि उपचार गर्न सकिन्छ । अन्यत्रै रेफर गर्नुपर्ने खालका बिरामी भएमा भने सम्बन्धित पालिका र सरोकारवालाले एम्बुलेन्सको व्यवस्था गर्नुपर्नेछ ।

यस्तै सङ्क्रमितको स्वास्थ्यबारे फोनमार्फत पनि नियमित निगरानी गर्न सकिन्छ । रगतमा अक्सिजनको मात्रा घटेरनघटेको हेरेर आफन्तले बिरामीको ख्याल गर्नुपर्नेमा डाक्टरले जोड दिएका छन् । उज्यालो अनलाईनबाट साभार 

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ७ : ०७ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक