जनकपुरधाम २ जेठ : महोत्तरीमा संक्रमणबाट एक साताभित्र दाजुभाइको मृत्यु भएको छ । सम्सी गाउँपालिका–५ का एकै परिवारका दाजुभाइको एक साताको अन्तरालमा मृत्यु भएको स्वास्थ्य कार्यालयकी कोरोना फोकल पर्सन प्रतिभा सिंहले जानकारी दिइन् ।
फोकल पर्सन प्रतिभा सिंहका अनुसार ४२ वर्षीय पुरुषको उपचारका लागि जनकपुरधामस्थित काव्य अस्पताल लगिएको थियो । त्यहाँ पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएको एक दिनमै उनको मृत्यु भएको ती पुरुषको मृत्यु भएको एकसातापछि उनका ५५ वर्षीय दाजु पनि बिरामी भए ।
प्रतिक्रिया