२०८२, ११ पुस शुक्रबार

अस्पतालहरुमा जनशक्तिको अभाव, स्वास्थ्यकर्मीलाई करारमा जागीर खुल्यो

अस्पतालहरुमा जनशक्तिको अभाव, स्वास्थ्यकर्मीलाई करारमा जागीर खुल्यो


काठमाडौं २२ बैशाख : नेपालमा कोरोना संक्रमण उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएकोे छ ।
चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि भाव टार्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई ५ महिने करार भर्नाका लागि निर्देशन दिएपछि अस्पतालहरुले धमाधम करारको सूचना निकाल्न थालेका छन् ।

देशभर ६ हजार चिकित्सक र १० हजार नर्स आवश्यक पर्नेमा अहिले एक हजार ४ सय चिकित्सक मात्रै रहेका छन् ।
स्वास्थ्य तर्फको ८ औँ तहमा ४ बर्ष देखि १ जना पनि जनशक्ति थप भएका छैनन् । मन्त्रालयले मेडिकल अफिसर पदमा ४ बर्ष देखि लोकसेवा मार्फत जनशक्ति लिएको छैन् ।

जनशक्तिको अभाव देखिए पछि प्रधामन्त्री केपी शर्माले सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दा अवकाश प्राप्त चिकित्सकलाई १ बर्षका लागि करारमा नियुक्त गरिने बताउनुभयो । उपचारमा चिकित्सकको अभाव हुन थाले पछि हाल धमाधम अस्पतालहरुले करारमा चिकित्सक राख्न सूचना निकाल्न थालेका छन् । काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले समेत ८ जना मेडिकल अफिसर मागेको छ ।

किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, जिल्ला अस्पताल संखुवासभा, दार्चुला अस्पताल र वैतडी अस्पतालले यस्तो सूचना निकालेका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका अस्पतालका लागि कन्सल्टेन्ट एनेथेसीयोलोजीस्ट ९ जना र कन्सल्टेन्ट जनलर फिजिसियन १२ जना मागेको छ ।

सेती प्रादेशिक अस्पतालले करारमा मेडिकल अफिसर पदमा चिकित्सक नआए पनि अवकाश प्राप्त चिकित्सक राख्न सूचना निकालेको छ ।हाल देशका अधिंकाश अस्पतालले करारमा चिकित्सक मागेका छन् ।

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ७ : ३० बजे

रवि, बालेन र कुलमानले नयाँ पार्टी गठन घोषणा गर्दै

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह

सञ्चारमन्त्री खरेलको शीर्ष नेतासँग भेटघाट, चुनावी वातावरणमा जोड

काठमाडौं । निर्वाचनको वातावरण बनाउन सरकार सक्रिय बनेको छ। यसैक्रममा

रवि–बालेन संवाद निर्णायक मोडमा, आजै एकता वा अलग बाटो स्पष्ट हुने

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन

चुनाव कांग्रेसको एजेन्डा, सरकारबाट वातावरण निर्माणको माग : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको अपरिहार्य प्राथमिकता

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त