२०८२, १६ चैत्र मंगलबार

अस्पतालहरुमा जनशक्तिको अभाव, स्वास्थ्यकर्मीलाई करारमा जागीर खुल्यो

अस्पतालहरुमा जनशक्तिको अभाव, स्वास्थ्यकर्मीलाई करारमा जागीर खुल्यो


काठमाडौं २२ बैशाख : नेपालमा कोरोना संक्रमण उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएकोे छ ।
चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि भाव टार्न स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई ५ महिने करार भर्नाका लागि निर्देशन दिएपछि अस्पतालहरुले धमाधम करारको सूचना निकाल्न थालेका छन् ।

देशभर ६ हजार चिकित्सक र १० हजार नर्स आवश्यक पर्नेमा अहिले एक हजार ४ सय चिकित्सक मात्रै रहेका छन् ।
स्वास्थ्य तर्फको ८ औँ तहमा ४ बर्ष देखि १ जना पनि जनशक्ति थप भएका छैनन् । मन्त्रालयले मेडिकल अफिसर पदमा ४ बर्ष देखि लोकसेवा मार्फत जनशक्ति लिएको छैन् ।

जनशक्तिको अभाव देखिए पछि प्रधामन्त्री केपी शर्माले सोमवार राष्ट्रको नाममा सम्बोधन गर्दा अवकाश प्राप्त चिकित्सकलाई १ बर्षका लागि करारमा नियुक्त गरिने बताउनुभयो । उपचारमा चिकित्सकको अभाव हुन थाले पछि हाल धमाधम अस्पतालहरुले करारमा चिकित्सक राख्न सूचना निकाल्न थालेका छन् । काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले समेत ८ जना मेडिकल अफिसर मागेको छ ।

किर्तिपुर स्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, जिल्ला अस्पताल संखुवासभा, दार्चुला अस्पताल र वैतडी अस्पतालले यस्तो सूचना निकालेका छन् । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश भित्रका अस्पतालका लागि कन्सल्टेन्ट एनेथेसीयोलोजीस्ट ९ जना र कन्सल्टेन्ट जनलर फिजिसियन १२ जना मागेको छ ।

सेती प्रादेशिक अस्पतालले करारमा मेडिकल अफिसर पदमा चिकित्सक नआए पनि अवकाश प्राप्त चिकित्सक राख्न सूचना निकालेको छ ।हाल देशका अधिंकाश अस्पतालले करारमा चिकित्सक मागेका छन् ।

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ७ : ३० बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा