२०८२, २८ चैत्र आईतबार

२५ वर्षीया महिलाले एकैपल्ट जन्माइन् नौं सन्तान

२५ वर्षीया महिलाले एकैपल्ट जन्माइन् नौं सन्तान


काठमाडौं  २२ बैसाख  :    मालीकी एक महिलाले एकै पटक ९ बच्चा जन्माएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपि, डाक्टरले भने उनको गर्भमा सात वटा भ्रण हुर्किरहेको भन्ने जानकारी दिएका थिए ।

मोरोक्को र मालीमा अल्ट्रासाउन्ड गर्दा २५ वर्षीया हालिमा सिसेले सात सन्तान जन्माउन लागेको डाक्टरले बताएका थिए । उनको शल्यक्रियामार्फत् ९ सन्तान जन्माइएको छ ।

सिसेको गर्भावस्थाले अप्रिकी राष्ट्र र त्यहाँका नेताहरुको ध्यान आकृष्ट गरेको थियो । जब मार्च महिनामा डाक्टरले सिसेलाई विज्ञको सहायता आवश्यक पर्ने बताएपछि मालिका अन्तरिम राष्ट्रपति बाह एनडले सरकारी कोषबाटै खर्च व्यवहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पताल पठाएका थिए, जहाँ उनले पाँच छोरी र चार छोरा जन्माएकी छिन् ।

‘आमा र सबै शिशुको अहिलेसम्म अवस्था राम्रो छ,’ मालीका स्वास्थ्यमन्त्री फान्ता सिबीले एजेन्से फ्रान्सेप्रेसे बताइन् । सिसेसँगै मालीबाट मोरोक्को पुगेका मालीका डाक्टरले उनीबारे थप जानकारी प्रदान गरिरहेको उनले बताए । उनीहरु थुप्रै हप्तापछि मात्रै घर फर्कने स्वास्थ्यमन्त्रीले जानकारी दिइन् । एजेन्सी

प्रकाशित मिति : २०७८, २२ बैशाख बुधबार  ३ : २३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४