धुलिखेल २१ बैशाख : आगोले निसासिएर सूर्यविनायक नपा मिलनचोकमा एक महिलाको मृत्यु भएको छ ।
सुत्केरीलाई सेकाउन बालेको आगोले निसासिएर काभ्रे तेमाल गाँउपालिका–३, कुन्डालका २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको हो । आगोले निसासिएर दुईजना घाइते भएका छन् । घाईते हुनेहरुमा सोही ठाउँमा बस्ने ४० वर्षीया शान्तिमाया तामाङ र उनकी छोरी १८ वर्षिया अनिता तामाङ रहेका छन् । घाइतेहरुको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
सुत्केरीलाई सेकाउन मकलमा कोइला बालेको तर कोठाको झ्याल ढोका बन्द गरेकाले अक्सिजनको मात्रा अपुग भई तीनैजना बेहोश भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया