धुलिखेल २१ बैशाख : काभ्रेमा कोरोना भाईरस संक्रमणबाट एक पुरुष र महिलाको मृत्यु भएको छ । मुत्यु हुनेमा बनेपा गाउँपालिका वडा नं ६ का ६१ वर्षीय पुरुष हुन । उनको उपचारको क्रममा मेगा अस्पताल काठमाडौमा मृत्यु भएको हो । परिवार स्रोतका अनुसार अस्पतालमा अक्सीजन र भेन्टिलेटर नपाएपछि मृत्यु भएको जनाएको छ । यसैगरी काभ्रेमा कोरोना भाईरस संक्रमणबाट बनेपा नगरपालिका वडा नं १ का ६२ वर्षीया महिलाको मृत्यु भएको छ ।
प्रतिक्रिया