२०८३, २८ श्रावण शुक्रबार

प्रेस चौतारी नेपाललाई उग्रतिर्थ र सुन्दरबस्ती सहकारीको आर्थिक सहयोग

प्रेस चौतारी नेपाललाई उग्रतिर्थ र सुन्दरबस्ती सहकारीको आर्थिक सहयोग


धुलिखेल २० बैशाख  :  अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर उग्रतिर्थ र सुन्दरबस्ती सहकारीले प्रेस चौतारी नेपाल काभ्रे शाखालाईलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

प्रेस चौतारी नेपालले स्थापना गरेको ‘कोभिड १९ कोरोना भाईरस संक्रमण मुक्त कोष’ लाई बिस हजार रुपैया सहयोग रकम हस्तानतरण गरेको हो ।
उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका अध्यक्ष मोहन गजुरेलले १० हजार रुपैया र सुन्दरबस्ती बचत तथा ऋण सहकारी संस्था लिं. पनौती काभ्रेका प्रवन्ध निर्देशक रोशन चौलागाईले १० हजार रुपैया सहयोग रकम प्रेस चौतारी काभ्रेका अध्यक्ष भुवन रायमाझी र कोषाध्यक्ष लक्ष्मण तिमल्सीनालाई हस्तान्तरण गर्नुभएको हो । प्रेस चौतारी नेपाल काभ्रेले कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रिर्पोटिङमा खटिने संगठनका सदस्यहरुलाई सहयोगका लागि २ लाख बराबरको अक्षयकोष स्थापना गरिएको अध्यक्ष भुवन रायमाझीले बताउनु भयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा काभ्रेका सचिव शान्तमणि रिजालले सहकारी समुदाय सहयोग कार्यक्रम अन्तरगत रहेर कोरोनाको कहरमा अग्रपंतीमा खटिने पत्रकारहरुलाई सहयोग गरेको बताउनु भयो ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ४ : १० बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व