काठमाडौं १९ वैशाख : पछिल्लो २४ घण्टामा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ पुगेको छ । जसमध्ये तीन हजार ५३० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४५ हजार १८१ जना होम आइसोलेसनमा रहेको छ । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया