२०८२, ९ कार्तिक शनिबार

भारतमा एकै दिन थपिए चार लाख बढी कोरोना संक्रमित

भारतमा एकै दिन थपिए चार लाख बढी कोरोना संक्रमित

२४ घण्टामा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु


नयाँदिल्ली, १८ बैसाख :   भारतमा दिन दिनै कोरोना महामारीले भयावह अवस्था बनाउँदै लगेको छ । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टा (शुक्रबार राति ११ बजेसम्म ) मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको छ ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ९ : ०३ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने