बुटवल, १८ बैसाख : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा दुई संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी र रुपन्देहीका एक पुरुष र एक महिला रहेका छन् ।
गत वैशाख १७ गते संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी नवलपरासीको रामग्राम–१० की ४५ वर्षीया महिलाको शनिबार बिहान ४ बजे मत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनु भयो । उनलाई एचडीयूमा राखी उपचार गरिएको थियो ।
त्यस्तै, रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको ५ बजेर ४५ मिनेटमा मृत्यु भएको उनले बताए । मृतकलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ ।
प्रतिक्रिया