धुलिखेल १७ वैशाख : काभ्रेमा शुक्रबार थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिकाका १७ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्ेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार पनौती नगरपालिकामा १४ जना पुरुष र ३ जना महिलालाई संक्रमण पुष्टी भएको छ । पाँचखाल नगरपालिकामा र भुम्लु गाउँपालिकामा एक एक जना पुरुषमा संक्रमण देखा परेको छ । त्यस्तै धुलिखेल नगरपालिकामा ६ जना महिला र ८ जना पुरुष रहेका छन् ।
यसैगरी नमोबुद्ध नगरपालिकामा ३ जना पुरुष र एक जना महिला रहेका छन् । मण्डनदेउपुर नगरपालिकामा एक जना पुरुष र एक जना महिला, बेथानचोक गाउँपालिकामा र खानीखोला गाउँपालिकामा एक एक जना संक्रमित रहेका छन् ।
प्रतिक्रिया