काठमाडौं १७ वैशाख : कोरोना भाइरस संक्रमणबाट पोखरामा दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको बिहीबार राति उपचारका क्रममा मृत्यु भएको बताउनु भयो ।
प्रवक्ता डाक्टर विनोदविन्दु शर्माका अनुसार ८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । वैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैगरी स्याङ्जाका ६२ वर्षीय पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति मृत्यु भएको बताउनु भयो ।
प्रतिक्रिया