२०८२, २९ भाद्र आईतबार

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गरे ६ महिनासम्म कैद

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गरे ६ महिनासम्म कैद


काठमाडौं १६ वैशाख : काठमाडौं उपत्यकामा आज विहानबाट निषेधाज्ञा लागू भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा विहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको हो ।

उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । निषेधाज्ञा उल्लंघन गरे कानूनबमोजिम कारबाही हुनेछ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महीनासम्म कैद वा १०० रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ । संक्रामक रोग ऐनमा काममा बाधा पुर्याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले ५०० रुपैयाँसम्म जरिवाना वा एक महीनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ  ।

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  ९ : २७ बजे

सहकारी ठगीका आरोपी रवि लामिछाने नख्खु कारागारमा पुनः प्रवेश

काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान