धुलिखेल १४ बैशाख : काभ्रेमा गएको २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी भएको छ। आज कोरोना संक्रमण पुष्टी हुनेहरुमा सबै भन्दा धेरै पनौती नगरपालिका भित्रका रहेका छन्। आज थपिएका ५० जना मध्ये २४ जना पनौतीका मात्रै रहेका छन्।
आज थपिएका नयाँ संक्रमितमा पनौतीमा २४ जना, धुलिखेल ११ जना, बनेपामा ८ जना, पाँचखालमा २, मण्डनदेउपुरमा २, नामोबुद्धमा १, बेथानचोक गाउँपालिकामा १, खानीखोला गाउँपालिकामा १ जना गरी जम्मा ५० जनालाइ कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्रकुमार झाले बताउनु भयो । योसंगै काभ्रेमा कोरोना संक्रमितहरुको संख्या ३६ सय १९ पुगेको छ । काभ्रेमा सक्रिय कोरोना संक्रमितको संख्या पनि २०१ रहेको छ ।
प्रतिक्रिया