पोखरा १५ बैशाख : गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ र गोरखाका १ जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार साँझ बागलुङ नगरपालिका ५५ वर्षीय महिलाको मृत्यु भएको छ । उनको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बैशाख १० गते कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया