२०८३, ८ कार्तिक आईतबार

कोरोना परीक्षणपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कोरोना परीक्षणपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ


काठमाडौं, १५ बैसाख :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज  दिउँसो २ बजे बस्दैछ ।
पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताएका छन् । कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् ।

पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् । नयाँ सरकार गठनका लागि सांसदको अंक गणित सुनिश्चित भइनसकेकाले कांग्रेसले ओलीको विकल्प खोज्न थप अग्रसरता लिन सकिरहेको छैन ।

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  १० : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना