२०८३, १२ बैशाख आईतबार

कोरोना परीक्षणपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

कोरोना परीक्षणपछि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ


काठमाडौं, १५ बैसाख :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज  दिउँसो २ बजे बस्दैछ ।
पीसीआर परीक्षण गराएका कांग्रेस नेताहरुको रिपोर्ट नेगेटिभ आएपछि आज बैठक बस्न लागेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा १४ औं महाधिवेशन, पार्टी समायोजन, क्रियाशील सदस्यता तथा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने पौडेलले बताएका छन् । कांग्रेसले चैत २० गते वैकल्पिक सत्ता गठबन्धनका लागि अग्रसरता लिने निर्णय गरेको थियो । चैत २७ गते कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलीय बैठक राखे पनि त्यसयता उनले खासै प्रयास गरेका छैनन् ।

पार्टी सभापतिले आवश्यक पहल गर्न नसकेको भन्दै कांग्रेस नेताहरुले नै आलोचना गर्दै आएका छन् । नयाँ सरकार गठनका लागि सांसदको अंक गणित सुनिश्चित भइनसकेकाले कांग्रेसले ओलीको विकल्प खोज्न थप अग्रसरता लिन सकिरहेको छैन ।

प्रकाशित मिति : २०७८, १५ बैशाख बुधबार  १० : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले