२०८२, १९ मंसिर शुक्रबार

कोरोनाबाट बिपी प्रतिष्ठानमा दुई जनाको मृत्यु

कोरोनाबाट बिपी प्रतिष्ठानमा दुई जनाको मृत्यु


सुनसरी, १४ बैैसाख :   कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाको मृत्यु गएको छ । वैशाख ४ गते अस्पताल भर्ना गरिएका विराटनगर–१२ का ७५ वर्षीय वृद्धको मृत्यु भएको हो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमबार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डाक्टर चूडामणि पोखरेलले जानकारी दिए । डाक्टर पोखरेलका अनुसार यसअघि जनकपुरका ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । वैशाख ९ गते अस्पतालन भर्ना गरिएको उनमा पनि उच्च रक्तचापको समस्या थियो । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ । सोमबार मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : २०७८, १४ बैशाख मंगलबार  १० : ३८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको