२०८२, ९ कार्तिक शनिबार

उपत्यकामा ९४० सहित देशभर २,५५९ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

उपत्यकामा ९४० सहित देशभर २,५५९ कोरोना संक्रमित थपिए, पाँचको मृत्यु

२४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् ।


काठमाडौं, १० बैसाख :   नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २,५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २,४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९४० जना संक्रमति थपिएका छन् । यसमध्ये काठमाडांँमा ७६०, भक्तपुरमा ७४ तथा ललितपुरमा १०६ रहेको छ । काठमाडौंपछि बाँकेमा ३५४ तथा रुपन्देहीमा २२१ जना संक्रमित फेला परेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन् । यही अवधिमा पाँच जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

प्रकाशित मिति : २०७८, १० बैशाख शुक्रबार  ८ : ३९ बजे

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने

दरबारमार्गबाट लुटिएको गोलीसहित दुई किशोर पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना