२०८२, १० मंसिर बुधबार

कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ–कहाँ छ खोप केन्द्र

कोभिड–१९ विरुद्ध खोपको दोस्रो डोज आजदेखि लगाइँदै, कहाँ–कहाँ छ खोप केन्द्र


काठमाडौं, ७ वैशाख । कोभिड–१९ विरुद्ध खोपको दोस्रो मात्रा (डोज) आजदेखि लगाइँदै छ । माघ १४ गतेदेखि फागुन १० गतेसम्म कोभिड–१९ विरुद्धको पहिलो डोज खोप लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, कुटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीहरुलाई आजदेखि दोस्रो मात्रा खोप लगाइने भएको हो ।

२०७७ माघ १४, १५, १६, १७ र २६, २७, २८ र २९ गते पहिलो मात्रा खोप लगाएकाहरुलाई आज दोस्रो मात्राको खोप लगाइने छ भने माघ १८ ,१९, २०, २१, २२ र फागुन २ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ८ गते, माघ २३ र फागुन ३, ४, ५ गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ९ गते, माघ २४ र फागुन ६, ८, ९ गते पहिलो डोज लगाएकाहरुलाई बैशाख १० गते, माघ ३० र फागुन ७, १० गते पहिलो मात्रा लगाएकाहरुलाई बैशाख ११ गते दोस्रो चरणको खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउनका लागि १९ वटा खोप केन्द्र तोकिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, बीर अस्पताल, त्रि.बि.बि.शिक्षण अस्पताल, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, परोपकार प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपाल शशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र क्षेत्रपाटी निशुल्क चिकित्सालयमा खोपकेन्द्र तोकिएको छ ।

त्यसैगरी, विरेन्द्र अस्पताल, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, जनमैत्री अस्पताल, मदरल्याण्ड अस्पताल, हिमाल अस्पताल, स्तुपा अस्पताल र ह्याम्स अस्पताललाई पनि खोप केन्द्र तोकिएको छ ।

प्रकाशित मिति : २०७८, ७ बैशाख मंगलबार  ८ : ५५ बजे

सिंहदरबार-प्रधानमन्त्री कार्यालयमा सुरक्षा कडाइ

काठमाडौं । जेन–जीको नाममा उच्छृंखल गतिविधि बढेपछि सिंहदरबार र प्रधानमन्त्री

आगामी निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा ‘सूर्य’, नयाँ दलहरू ‘फर्स्ट कम फर्स्ट’ आधारम

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

सिंहदरबार प्रवेशमा रोक : जेन–जी समूह प्रधानमन्त्रीसँग भेट्न नसक्दा नाराबाजी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन आज पनि

लुटिएको प्रहरी हतियारसहित तीन जना इलाममा पक्राउ

विराटनगर । काठमाडौं महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट भदौ २४ गते

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा