२०८३, १२ बैशाख आईतबार

फल्यो कालो गहुँ

फल्यो कालो गहुँ


सुनसरी, ३१ चैत :  सुनसरीको हरिनगर गाउँपालिका–३, गौतमपुरका किसान रामलाल मेहताले नयाँ प्रजातिको गहुँ फलाएका छन् ।
कालो गहुँ सुगर फ्री क्लाक रहेको छ । मेहताले कालो गहुँ त फलाएका छन् तर सुरुमा सुन्दा आफूलाई अचम्म लागेको बताए तर थाहा पाएपछि भारतको इन्दोरमा रहेका साथीबाट गत वैशाखमा १४० केजी कालो गहुँको बीउ ल्याएको उनले बताए ।

कात्तिकमा चार बिघामा छरेर प्रतिबिघा ७० मन उत्पादन गरेको उनले बताए । उनले विश्वभर कालो गहुँको माग बढेको भारतका साथीबाट सुनेर प्रेरित भई आफूले जिल्लामै पहिलो पटक यो गहुँ उत्पादन गरेको बताए । उनका अनुसार केही वर्षअघि भारतका एक किसानले नयाँ अनुसन्धानपछि पत्ता लगाएको कालो गहुँ पहिलो पटक नेपाल ल्याएको हो ।

मध्यप्रदेशका किसान विनोद चौहानले प्रयोगका लागि कालो गहुँको खेती गरेको र हाल भारतको इन्दोरसहित नेपालमा पनि सफल उत्पादन भएको मेहताको भनाइ छ ।

मेहताले कालो गहुँको मागका बारेमा थाहा नभएकाले यसको बजार नभएको तर यसका उपयोगिताबारे थाहा भएपछि बिस्तारै विस्तार हुने बताए । यस पटक उनले चार बिघामा एक क्विन्टल ४० केजी गहुँ छर्नुभएको थियो । उनले यस गहुँको बीउ प्रतिकेजीमा ३६५ रुपियाँमा किनेका थिए । त्यसबाट उनले ११२ क्विन्टल गहुँ उत्पादन गरिसकेका छन् । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले