२०८२, २९ फाल्गुन शनिबार

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो


काठमाडौं, ३१ चैत :  कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७–७८ को आठ महिनामा विप्रेषण ८।६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने करिब ७५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १।५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५।० प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७४।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४।२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५।२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २।७ प्रतिशतले घटेको थियो । समीक्षाअनुसार चालू खाता घाटा भने एक खर्ब ४८ अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।
गत वर्षको यही अवधिमा त्यस्तो घाटा एक खर्ब १९ अर्ब ७० करोड रुपियाँ थियो । समीक्षाअनुसार शोधनान्तर बचत भने गत वर्षको ३७ अर्ब ८४ करोडबाट ६८ अर्ब रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : ४१ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा