२०८२, १९ मंसिर शुक्रबार

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो

वैदेशिक रोजगारीमा जानेको संख्या घटे पनि रेमिट्यान्स बढ्यो


काठमाडौं, ३१ चैत :  कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटे पनि विप्रेषण आप्रवाह भने निरन्तर बढिरहेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्ष २०७७–७८ को आठ महिनामा विप्रेषण ८।६ प्रतिशतले बढेको छ । चालू आवको आठ महिनाको अवधिमा छ खर्ब ४२ अर्ब १४ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या भने करिब ७५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १।५ प्रतिशतले मात्र बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५।० प्रतिशतले बढेर पाँच अर्ब ४५ करोड पुगेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या ७४।८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४।२ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५।२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २।७ प्रतिशतले घटेको थियो । समीक्षाअनुसार चालू खाता घाटा भने एक खर्ब ४८ अर्ब ६८ करोड रुपियाँ पुगेको छ ।
गत वर्षको यही अवधिमा त्यस्तो घाटा एक खर्ब १९ अर्ब ७० करोड रुपियाँ थियो । समीक्षाअनुसार शोधनान्तर बचत भने गत वर्षको ३७ अर्ब ८४ करोडबाट ६८ अर्ब रुपियाँ पुगेको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको