२०८२, २९ फाल्गुन शनिबार

कोरोनाबाट नेकपा एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन

कोरोनाबाट नेकपा एमाले डोल्पाका अध्यक्ष रोकायाको निधन


ललितपुर, १३ चैत :   कोरोना भाइरस संक्रमणबाट नेकपा एमाले डोल्पा जिल्ला कमिटी अध्यक्ष दत्त रोकायाको निधन भएको छ ।
शुत्रबार बिहान पाटन अस्पतालमा रोकायाको निधन भएको एमाले डोल्पाका सचिवालय सदस्य लंकबहादुर शाहीले बताए । ‘उहाँको दुई सातादेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो । , ‘नेपाली सेनाको टोलीले आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने जनाएको छ ।

रोकायालाई ज्वरो आएपछि जाँच गराउँदा कोरोना संक्रमण पुष्टी भएको थियो ।  एक महिनाअघि रोकाया पार्टीको कामको सिलिसलामा काठमाडौ आएका थिए । ३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका रोकाया पञ्चायतकालमा कालिका माध्यमिक विद्यालयका हेडमास्टर थिए ।

‘२०४७ सालमा डोल्पामा एमालेको जिल्ला कमिटी बन्दा उहाँ संस्थापक अध्यक्ष हुनु भएको हो,’ शाहीले भने, ‘त्यसयता एक पटक बीचमा पाँच वर्षबाहेक सधै जिल्ला कमिटी अध्यक्षको रुपमा क्रियाशील रहनुभयो ।’

प्रकाशित मिति : २०७७, १३ चैत्र शुक्रबार  १ : ५२ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा