२०८३, १३ बैशाख सोमबार

विप्लवसँगै छिट्टै वार्ताको मिति तय हुन्छ : मन्त्री गुरुङ

विप्लवसँगै छिट्टै वार्ताको मिति तय हुन्छ : मन्त्री गुरुङ

प्रधानमन्त्री ओलीले राजीनामा गर्न नमिल्ने तर्क


काठमाडौँ, १७ फागुन । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रतिबन्धित नेकपा विप्लव समूहसँग सरकारले छिट्टै वार्ता गर्न लागेको बताएका छन् । सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता गुरुङले विप्लवसँगको वार्ताको मिति चाँडै तय हुने जानकारी दिएका हुन् ।

प्रवक्ता गरुङले प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने पनि स्पष्ट पारेका छन् । फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापनाका क्रममा सर्वोच्चले दिएको आदेशले प्रधानमन्त्रीको राजीनामा दिनबाट रोकेको उनको तर्क छ । बहुमत प्राप्त प्रधानमन्त्रीले राज्य संचालन गर्नु संवैधानिक र नैतिकताको विषय भएको फैसला सर्बोच्च व्याख्या गरेको उल्लेख गर्दै राजीनामा दिनुको कुनै अर्थ नहुने बताए ।।

 

प्रकाशित मिति : २०७७, १७ फाल्गुन सोमबार  १० : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले