२०८३, २३ जेष्ठ आईतबार

विन्धवासिनी बचत तथा ऋण सहकारीको २८ औं स्थापना दिवस

विन्धवासिनी बचत तथा ऋण सहकारीको २८ औं स्थापना दिवस


बनेपा ९ फागुन : विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २८ औं स्थापना दिवस सम्पन्न गरेको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्यनजर गरि संस्थाले सम्पूर्ण सेवा कार्यालयहरुमा दिप प्रज्वलन आफ्नो स्थापना दिवस मनाएको हो । २८ औं स्थापना दिवसको अवसरमा संस्थाले भकुण्डे सेवा कार्यालयको व्यबस्थापनमा धुलिखेल अस्पताल, रोटरी क्लब अफ पनौती र रोटरी क्लव अफ कुम्सको प्राविधिक सहयोगमा रोशी गाउँपालिका फलामेसाँघुमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण र निःशुल्क औषधी वितरण गरिएको थियो ।

संस्थाको सेवा कार्यालय ढुंखर्क र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपा र बेथानचोक गाउँपालिकाको संयुक्त आयोजनामा १ दिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ ।

संस्थाले सामुदायमा सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रे तथा काठमाडौ जिल्लाभित्र १,८२६ वटा समूह मार्फत ३९ हजार ५ सय ९१ शेयर सदस्य र ७ हजार ९ सय ८२ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ४७ हजार ५ सय ७३ सेवाग्राही, शेयर पुँजी ३५ करोड ४३ लाख ७८ हजार, ऋण लगानीमा वाँकी २ अर्व ६२ करोड ४७ लाख ५३ हजार, बचत तथा निक्षेप २ अर्व ५४ करोड ५ लाख ४ हजार पु¥याई कुल सम्पत्ति ३ अर्ब ४४ करोड ४८ लाख ५१ हजार सम्पति तथा जायजाद पु¥याउन संस्था सफल भएको संस्थाका प्रमुख व्यवस्थापक केवी लामाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, ९ फाल्गुन आईतबार  ६ : २९ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति