२०८२, १६ चैत्र मंगलबार

आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै

आइतबार कोरोनाविरुद्धको १० लाख डोज खोप आउँदै


काठमाडौँ ८ फागुन । भारतबाट खरिद गरेर ल्याउन लागिएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप आइतबार आइपुग्ने भएको छ । सेरम इन्टिच्यूट अफ इण्डियाबाट उत्पादित १० लाख डोज कोभिशिल्ड खोप आइतबार नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार २० लाख डोज खोप खरिदको लागि सम्झौता भएकोमा पहिलो चरणमा १० लाख डोज खोप ल्याउन लागिएको हो । एयर इण्डियाको विमानबाट आइतबार दिउँसो साढे १ बजे खोप आइपुग्ने मन्त्रालयले जनाएको छ । उक्त खोप टेकुस्थित कोल्ड रुममा भण्डारण गरी फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि वितरण गरिने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  १० : २२ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा