२०८३, १ भाद्र मंगलबार

जुरे पहिरो पीडितले खोजे राहतको रकम

जुरे पहिरो पीडितले खोजे राहतको रकम


 

काठमाडौँ, ८ फागुन । सिन्धुपाल्चोक जुरे पहिरोपीडितले सात वर्षसम्म राहत नपाएपछि काठमाडौंको माइतीघरमा धर्नासहित प्रदर्शन गरेका छन् । दाताले छुट्याएको रकमसमेत सरकारले उपलब्ध नगराएको भन्दै शनिवार उनीहरुले धर्नासहित प्रदर्शन गरेका हुन् ।

जुरे पहिरो पीडितहरुको लागि सहयोग जुटेको सहयोग रकम सरकारले अहिलेसम्म आफूहरुलाई नदिएको उनीहरुको गुनासो छ ।

जुरे पहिरो प्रभावितहरुले आफूहरुको नाममा देश विदेशबाट संकलन गरेको रकम समेत नदिइएको भन्दै आक्रोशसमेत पोखेका छन् । आफूहरुको माग पूरा नभएसम्म जुरे गाउँपालिकाको तर्फबाटै निरन्तर आन्दोलनका कार्यक्रमहरु गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

साविकको राम्चे गाउँ विकास समितिमा २०७१ साउन १७ गते राती इटिनी भिरबाट आएको पहिरोले साविकको मांखा, बाह्रविसेको जुरे र टेकानपुर गाविससम्म पहिरो जाँदा ठुलो मानवीय र भौतिक क्षती भएको थियो । पहिरोमा १ सय ४५ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७, ८ फाल्गुन शनिबार  १० : १३ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक