२०८२, १ फाल्गुन शुक्रबार

तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होसार मनाउँदै

तामाङ समुदायले भव्य रुपमा सोनाम ल्होसार मनाउँदै


 

काठमाडौं ३० माघ । तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होसार पर्व मनाउँदैछन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष सुरु हुन्छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट मुसा वर्ष पूरा भई गाई वर्ष सुरु हुन्छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिन्छ ।

सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर बिदा दिएको छ । विभिन्न प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म सार्वजनिक बिदा दिएका छन् । तामाङ समुदायको बाहुल्यता रहेको जिल्ला, नगर र गाउँपालिकाहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम र झाँकीसहित मनाइँदैछ ।

तामाङ समुदायको मुख्यपर्व ल्होछारलाई काभ्रेका गाउँपालिकाहरुले उच्च प्राथमिकता दिएका छन् । चौंरीदेउराली, तेमाल, रोशी, महाभारत, खानीखोला र नमोबुद्ध नगरपालिकाले ल्होछारका अवसरमा ३ दिन सार्वजनिक विदा दिएको छ । पालिकाले गाउँपालिका स्तरीय ल्होछार साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छन् ।

सोनाम ल्होसार पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपीशर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै बहुरंगी संस्कृतिको धनी नेपाल यिनै विभिन्न आस्था र अवस्थाहरुलाई मिलाएर अघि बढ्न सकेको खण्डमा मात्रै राजनैतिक स्थायित्व, दिगो शान्ति, छिटो समृद्धि हात लाग्ने बताएकी छन् ।

उपराष्ट्रपति पुनले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमालिइने ग्याल्बो ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २०७७, ३० माघ शुक्रबार  ९ : ५५ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको