२०८२, १६ चैत्र मंगलबार

काभ्रेमा कोभिड १९ विरुद्धको खोप दिन थालियो

काभ्रेमा कोभिड १९ विरुद्धको खोप दिन थालियो

आज २ सय ९३ जनाले खोप लगाए


धुलिखेल १४ माघ :   काभ्रेमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान आजबाट शुरु गरिएको छ ।

जिल्लाको धुलिखेल सामुदायिक अस्पातालमा कोभिडशिल्ड नामक खोप जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झालाई खोप लगायर खोपको शुभारम्भ गरिएको हो । डा. झासँगै धुलिखेल अस्पतालमा कार्यरत डा. राजेन्द्र कोंजू र रमेश मकाजुलाई पनि खोप दिइएको कोरोना नियन्त्रण रोकथाम र व्यवस्थापन कमाण्ड पोष्टका सचिव समेत रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताउनु भयो ।

डाक्टर झाका अनुसार सुरूमा कोरोना उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मी र शव व्यवस्थापनका लागि खटिने सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र सरसफाईकर्मी गरी २९३ जनालाई धुलिखेल अस्पतालमा खोप लगाइएको छ ।
पहिलोचरणमा धुलिखेल अस्पतालबाट धुलिखेल, पाँचखाल, बनेपा, मण्डनदेउपुर, पनौती नगरपालिका र खानीखोला गाउँपालिकामा कोभिड–१९ भाइरस नियन्त्रणमा खटिएका २९ सय १० जनालाई खोप दिने तयारी भएको छ । कोभिडशिल्ड खोप ४ दिनभित्रमा लगाइसक्ने स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

दोस्रोचरणमा मेथिनकोट अस्पतालबाट नमोवुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिकामा कारोना नियन्त्रणका लागि खटिएका ५ सय ६७ जनालाई आगामी माघ १६ गतेबाट खोप दिन शुरु गरिने भएको छ । जिल्लामा अहिले ३९० कोभिशिल्ड भाइल आएको छ ।

यसबाट ३९ सय जनालाई नै यो खोप लगाउन सकिने छ । खोप लगाएको ४ हप्तापछि फेरि लगाईसकिएका तिनै व्यक्तिहरुलाई दोहो¥याएर लगाउनु पर्नेछ ।

प्रकाशित मिति : २०७७, १४ माघ बुधबार  ५ : ४६ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा