२०८२, २४ भाद्र मंगलबार

कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

देशभर ९० वटा खोप केन्द्र, चार लाख ३० हजार नागरिकलाई खोप दिने


काठमाडौं, १३ माघ :  कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा। सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।

बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा। अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताएका थिए । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने भएका छन् । दोस्रोमा डा। बाँस्तोलाले लिने सूची तय भएको छ ।

स्वास्थ्य मन्त्रालय र टेकु अस्पताल प्रशासनबीच सोमबार विभिन्न चरणमा छलफल भएको थियो । टेकु अस्पतालमा खोप केन्द्र पनि रहनेछ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

गत वर्षको ९ माघमा नेपालमा कोभिडको पहिलो केस देखिएको थियो । संक्रमित व्यक्ति ज्वरो र खोकीको समस्या लिएर उपचारका लागि टेकु अस्पताल पुगेका थिए । कोभिडको आशंकामा उनको स्वाब परीक्षण विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० को हङकङस्थित प्रयोगशालामा पठाइएको थियो । कोभिड पुष्टि भएपछि टेकु अस्पतालमै राखेर उनको उपचार गरिएको थियो ।

सोमबारसम्म देशभर दुई लाख ६९ हजार सात सय ८९ जनामा संक्रमण देखिएको छ । उनीहरूमध्ये दुई लाख ६४ हजार पाँच सय ३८ जना निको भएर घर फर्किसकेका छन् भने तीन हजार दुई सय ४० संक्रमित उपचाररत छन् । संक्रमणबाट अहिलेसम्म दुई हजार ११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार टेकु अस्पतालमा खोपको शुभारम्भ भएसँगै बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि १० बजेकै समयमा खोप दिन सुरु गरिनेछ । तर, यी अस्पतालमा पहिलो खोप लिने कर्मचारीसहितको सूची भने तयार भएको छैन । ‘खोप १४ माघबाट सुरु गर्ने भन्ने तय छ, तर खोप लगाउने कर्मचारी सूची तयार भएको छैन । मंगलबार छलफल गरेर नाम टुंगो लगाउँछौं,’ शिक्षण अस्पतालका कोभिड चिकित्सक डा। सन्तकुमार दासले भने ।

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोपका १० लाख डोज भारतले अनुदानमा दिएको हो । गत बिहीबार खोप काठमाडौं आइपुगेको थियो । ‘कोभिसिल्ड’को आपत्कालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिइसकेको छ । एस्ट्राजेनेका खोपको फर्मुला अपनाएर भारतमा ‘कोभिसिल्ड’ खोपको उत्पादन भएको स्वास्थ्यसचिव लक्ष्मण अर्यालले बताए ।

‘भारत, बंगलादेश, म्यानमार, माल्दिभ्स र भुटानमा पनि कोभिसिल्डको प्रयोग हुन थालेकाले हामीले सुरु गर्न लागेका हौँ,’ सचिव अर्यालले भने । यो खोपको प्रभावकारिता ७० देखि ९१ प्रतिशत सुरक्षित भनिए पनि नेपालले पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउनेछ । दोस्रो डोज जति ढिला लगायो यसको प्रभावकारिता त्यति बढी हुने अधिकारीहरूले बताएका छन् ।

देशभर ९५ वटा खोप केन्द्र

सरकारले पहिलो चरणको खोप अभियानका लागि देशभरका ९५ अस्पतालमा खोप केन्द्र सञ्चालन गर्ने भएको छ । उपत्यकाका तीन जिल्लामा १७, मोरङमा तीन, कास्की र बाँकेमा दुई–दुई तथा बाँकी ७१ जिल्लामा एक–एक केन्द्र रहने छन् । यसपछि १७ प्रतिशत नागरिकलाई खोप दिँदा भने केन्द्रको संख्या बढाइनेछ ।

नयाँ खोप भएकाले सरकारले जिल्ला अस्पतालहरूलाई केन्द्र बनाउने निर्णय गरेको छ । काठमाडौंमा १२ वटा केन्द्र रहनेछन् । नेपाल मेडिकल कलेज जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर, टेकु अस्पताल, प्रसूतिगृह थापाथली, सिभिल अस्पताल, काठमाडौं मेडिकल कलेज र गंगालाल अस्पतालमा केन्द्र रहने छन् ।

त्यस्तै, भक्तपुरमा कोरिया मैत्री अस्पताल र भक्तपुर अस्पतालमा खोप केन्द्र रहनेछ । ललितपुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किस्ट मेडिकल कलेज र नेपाल क्यान्सर अस्पताल हात्तीवनमा केन्द्र रहनेछ ।

सरकारले पहिलो चरणमा कुल जनसंख्याको तीन प्रतिशत अर्थात् नौ लाख ११ हजार नागरिकलाई खोप लगाउने योजना बनाएको थियो । तर, भारतबाट अनुदानमा १० लाख डोज खोप मात्रै आएको छ । एकजनालाई दुई डोज खोप लगाउनु पर्छ । १० देखि १५ प्रतिशत खोप खेर जान्छन् । यस हिसाबले करिब चार लाख नागरिकले मात्रै पहिलो चरणमा खोप पाउँछन् । तर, सरकारले खेर नजाने गरी चार लाख ३० हजार नागरिकलाई खोप दिने योजना बनाएको छ ।

स्वास्थ्यसचिव लक्ष्मण अर्यालका अनुसार पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, महिला स्वास्थ्य स्वयंसेविका, जेलमा रहेका व्यक्ति र उनीहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी, विमानस्थल र नाकामा काम गर्ने कर्मचारी र त्यहाँ खटिएका सुरक्षाकर्मीलाई खोप दिइनेछ ।

स्वास्थ्य स्वयंसेविकासहित दुई लाख २५ हजार स्वास्थ्यकर्मीको संख्या छ । ३० प्रतिशत स्वास्थ्यकर्मी ग्रामीण क्षेत्रमा कार्यरत छन् । जिल्ला अस्पतालमा मात्रै खोप केन्द्र राखिँदा महामारीमा ग्रामीण क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरू खोपबाट वञ्चित हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ‘खोप दिन जिल्लामा मात्रै केन्द्र राखेपछि झन्डै आधा संख्यामा स्वास्थ्यकर्मी र स्वयंसेविका खोप पाउनबाट वञ्चित हुनेछन्,’ ती अधिकारीले भने ।

सुदूरपश्चिम प्रदेशका क्षेत्रीय स्वास्थ्य निर्देशक डा। गुणराज अवस्थीले पनि जिल्लामा मात्रै केन्द्र राखेर खोप सेवा सञ्चालन गर्नु न्यायसंगत नभएको बताए । ‘सदरमुकाममा केन्द्र राख्दा खोप लगाउनकै लागि स्वास्थ्यकर्मीहरू तीन–चार दिन हिँडेर जिल्ला अस्पतालमा आउनुपर्ने हुन्छ,’ उनले भने, ‘अछाम, दार्चुला, बझाङ, बैतडीलगायतका जिल्लामा तीनदेखि चार दिनसम्म हिँड्दै सदरमुकाम आउनुपर्ने बाध्यता छ ।’

प्रत्येक जिल्लामा पाँचदेखि ६ ठाउँ खोप केन्द्र राखेर अभियान चलाउन विज्ञहरूले सुझाब दिए पनि मन्त्रालयले अस्वीकार गरेको छ । अधिकारीहरूले काठमाडौंमा मात्रै ५० ठाउँमा खोप केन्द्र राख्न सुझाब दिएका थिए । स्वास्थ्य मन्त्रालयले प्रदेश र जिल्लामा खोप सञ्चालनका लागि ६२ करोड रुपैयाँ बजेट पठाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रकाशित मिति : २०७७, १३ माघ मंगलबार  ८ : ३८ बजे

जेन्जीहरुको आन्दोलनमा घाइतेहरूको शीघ्र उपचार गर्न लागि सरकारलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेन्जी पुस्ताको आजको प्रदर्शनका क्रममा

“जेन–जी आन्दोलनमा प्रधानमन्त्री ओलीको कडा निर्देशन: दोषीमाथि कडा कारवाही गर्ने, छानबिन समिति गठन”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी पुस्ताले आह्वान गरेको

जेनजी घटनाको छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौं । सोमबार राजधानीमा भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि सरकारले

दुई दिन विद्यालय बन्द गर्ने शैक्षिक संगठनकाे निर्णय

काठमाडौं । जेनजी प्रदर्शनमा प्रहरीको गोलीबाट १९ जनाभन्दा बढीको ज्यान

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध