काठमाडौं ९ माघ : सिन्धुपाल्चोक जिल्लाका लागि करिब २१ हजार कोरोना बिरूद्धको खोप ल्याउने भएको छ । भारत सरकारले नेपालका लागि पठाएको १० लाख खोपमध्ये सिन्धुपाल्चोकका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप ल्याउने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ ।
प्रतिक्रिया