२०८३, २७ भाद्र आईतबार

पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो

पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघ्यो


काठमाडौं, ९ पुस :  कोरोना सङ्क्रमणका कारण खुम्चिएको नेपालको अन्तर्राष्ट्रिय व्यापार विस्तार हुन थालेको छ । आर्थिक गतिविधि खुकुलो हुँदा आयात बढ्दो छ तर निर्यातमा भएको वृद्धिदर केही कम हुँदा व्यापार घाटाको आकार भने बढ्न थालेको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष २०७७–७८ को पुससम्म नेपालको व्यापार घाटा छ खर्ब नाघेको छ । यो अवधिमा नेपालले छ खर्ब ६१ अर्ब रुपियाँको वस्तु आयात गरेको छ भने निर्यात ६० अर्ब ८० करोड रुपियाँ मात्र पुगेको छ । तुलनात्मक रूपमा नेपालको व्यापार घाटा अघिल्लो आवको तुलनामा ५।८० प्रतिशतले कम हो । अघिल्लो पुससम्म यस्तो घाटा छ खर्ब ३७ अर्ब नाघेको थियो ।

त्यस्तै आयात ४।८१ प्रतिशतले घटेको देखिन्छ । केही महिनाअघि गत आवको तुलनामा १५ प्रतिशतभन्दा बढीले घटेको आयात पछिल्लो समय भने बढिरहेको छ । निर्यात ६।१४ प्रतिशतले बढेको छ तर यो वृद्धिदर भने घट्दो छ । पुससम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापारको आकार सात खर्ब २२ अर्ब पुगेको छ । गत आवको पुसको तुलनामा यो ३।९८ प्रतिशतले कम हो । कुल व्यापारमा आयातको हिस्सा ९१।५८ प्रतिशत पुगेको छ भने ८।४२ प्रतिशत निर्यातको हिस्सा छ ।

व्यापार साझेदारको हिसाबले भारत सबैभन्दा अगाडि छ । भारतबाट नेपालले चार खर्ब ३८ अर्ब रुपियाँको आयात गर्दा ४३ अर्ब ५२ करोड रुपियाँको निर्यात गरेको छ । चीनबाट ९६ अर्ब रुपियाँको आयात हुँदा ५० करोड ७८ लाख रुपियाँको मात्र निर्यात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट १५ अर्ब ३० करोड रुपियाँको आयात हुँदा चार लाख २५ हजार रुपियाँको मात्र निर्यात भएको तथ्याङ्कले देखाउँछ ।

यसबीचमा सबैभन्दा धेरै ३२ अर्ब ९३ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि २९ अर्ब ६६ करोड रुपियाँको फलाम तथा स्टिल, २० अर्ब रुपियाँको मोबाइल, करिब १८ अर्बको कच्चा भटमास, १४ अर्ब तीन करोडको एलपीजी ग्यास आयात भएको देखिन्छ ।

निर्यात हुने सूचीमा भटमासको तेल सबैभन्दा माथि छ । पुससम्म नेपालबाट १७ अर्ब रुपियाँको भटमासको तेल निर्यात भएको छ । त्यसपछि तीन अर्ब ७८ करोडको अलैंची, दुई अर्ब ५२ करोडको कालो चिया, एक अर्ब ८८ करोडको गलैँचा निर्यात भएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ९ माघ शुक्रबार  ८ : ५७ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।