२०८३, १७ असार बिहीबार

दोलखामा दिनमै आठ छाक खाने सरकारी कर्मचारी

दोलखामा दिनमै आठ छाक खाने सरकारी कर्मचारी


दोलखा, ७ माघ  : सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला रु बढीमा ३–४ पटक । दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा आठ छाक खाँदा रहेछन् ।

जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७ असार ६ गते योजना अनुगमनका लागि एक दिनलाई गाडी भाडामा लिइ जिरी नगरपालिका गएकी थिइन् । त्यही दिन बेलुका फर्किएकी उनले खानाबापत ८ छाकको २ सय ७० रुपैयाँका दरले २ हजार १६० रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलोनिका) ले आन्तरिक लेखापरीक्षणमा यस्तो फेला पारेको हो । कार्की यसअघि असार १ र २ गते जिरी नगरपालिकाकै योजनाको अनुगमन गरेकी थिइन् । उनले दुई दिनमा चार कोठा लिएकी थिइने । र, १० छाक खाना खाएको देखाएकी थिइन् । त्यसबापत ९ हजार रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।

उनैले २०७७ असार ३ गते तामाकोसी गाउँपालिकामा दुई दिन अनुगमन गर्दा उसरी नै चार कोठा र १० छाकको बिल पेस गरिन् ।

त्यस्तै, समन्वय समितिका कर्मचारी रविन पाण्डेले २०७७ असार २ र ३ गते कालिञ्चोक गाउँपालिका अन्तरगतका योजना अनुगमन गरेका थिए । उनले दुई दिनमा होटलका चार कोठा भाडामा लिए । १० छाक खाना खाएको बिल बनाए । त्यसबापत ७ हजार ८ सय भुक्तानी लिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ४८ बजे

महाधिवेशनअघि कांग्रेसमा शक्ति संघर्ष चर्कियो, फुटको हल्लाबीच एकताको दबाब

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति

इरानको चेतावनी : ‘खामेनीको हत्याको बदला अवश्य लिनेछौँ’

काठमाडौं । इरानले पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको हत्याको

महाधिवेशनमै ‘कच्चा तथ्याङ्क’ ! रास्वपाको सदस्यता प्रणालीमाथि गम्भीर प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा

जेब्राक्रसमै असुरक्षित पैदलयात्री, सरकारको ध्यान जरिबानामै !

काठमाडौं । नेपालमा सडक दुर्घटनामा पैदलयात्रीको ज्यान जाने क्रम चिन्ताजनक

मूल्य घट्दा राहत होइन, सास्ती ! आयल निगमको लाचारीले बजारमा कृत्रिम इन्धन अभाव

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर उपभोक्तालाई