२०८३, २ आश्विन शनिबार

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो

वैकल्पिक सरकारबारे प्रधानन्यायाधीशको चासो


काठमाडौं, ७ माघ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधिसभा विघटन अस्वीकार गर्दा संविधानको धारा ७६ को उपधारा १ बमोजिमको सरकार बन्न नसक्ने विषयमा रिट निवेदकका कानुन व्यवसायीलाई प्रश्न सोधेका छन् ।

संविधानको उक्त धारामा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ । संसद् पुनर्स्थापनाको मागसहित दायर भएका रिट निवेदकको पक्षमा बहस गर्ने कानुनव्यवसायीसँग प्रधानन्यायाधीश राणाले यस्तो जिज्ञासा राखेका हुन् ।

संविधानको धारा ७६ को उपधारा १ अनुसार सरकार बन्ने अवस्था रहेसम्म उपधारा २, ३ वा ५ अनुसार सरकार गठनको बाटो खुल्छ वा खुल्दैन ? ,’ संवैधानिक इजलासबाट राणाको प्रश्न थियो ।

संसद्मा ठूलो दल नेकपामा विभाजन नभएको, संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव समेत नआएको, सत्तारुढ दलको १३८ जनाभन्दा बढी सांसद् रहेको अवस्थामा संसद् विघटन भएको अवस्था दर्शाउँदै राणाले अर्को सरकार गठनको विकल्पबारे जिज्ञासा राखेका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ४५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै