काठमाडौं । देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्नेछ।
हाल पश्चिमी वायु र भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव नेपालमा रहेको छ।
दिउँसो कोशी, मधेश तथा गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।







प्रतिक्रिया