२०८३, १५ श्रावण शनिबार

 आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने तयारीमा भारत

 आजदेखि नेपालसहित छिमेकी मुलुकलाई अनुदानमा खोप उपलब्ध गराउने तयारीमा भारत

नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने


काठमाडौं ७ माघ :  भारतले नेपाललगायत छिमेकी मुलुकलाई आजदेखि कोरोनाबिरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ ।

भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ । पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइनसकेको मन्त्रालय स्रोतले बताएको छ । भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि यसै साता सरकारले अनुमति दिइसकेको छ ।

भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ । ‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’

यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ४२ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने