२०८२, २ पुस बुधबार

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको आज शपथ

अमेरिकाका ४६ औं राष्ट्रपति बाइडेनको आज शपथ

टम्प नजाने, संसद् भवनमा कडा सुरक्षा


काठमाडौं, ७ माघ : अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा आज ९जनवरी २० तारिख० ७८ वर्षीय जो बाइडेनले शपथ ग्रहण गर्दैछन् । स्थानीय समयअनुसार बुधबार दिउँसो १२ बजे अमेरिकी संसद् भवनमा शपथ समारोह आयोजना हुनेछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नव निर्वाचित राष्ट्रपति जो बाइडेनले जम्मा ३५ शब्दको शपथ खाने छन् । यस पटक कोरोना महामारीका कारण अमेरिकाको राष्ट्रपति शपथ ग्रहण समारोह अघिल्ला वर्षमा जस्तो भव्य हुने छैन । यसपालिको समारोहमा हजारदेखि १२ सय जनासम्म मानिसस सहभागी हुनेछन् । त्यो पनि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर । अर्को कुरा यो नै पहिलोपटक हो, आफ्ना राष्ट्रपतिको शपथ समारोह अमेरिकाले खतरा महसुस गरेको हो । किनकि बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव हारेर पनि सहज रूपमा स्वीकारेनन् भने आफ्ना समर्थकद्वारा हालै अमेरिकी संसद् भवनमै आक्रमण गरा ए। जसमा एक प्रहरीसहित ५ जनाको मृत्यु समेत भयो ।

यसैकारण बाइडेनले शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । अमेरिकाको सत्तामा बाइडेन भित्रिएसँगै आजदेखि डोनाल्ड ट्रम्प भने ४ वर्षे कार्यकाल सकेर बाहिरिँदै छन् ।

के–के हुन्छ शपथ ग्रहणमा ?

–चिफ अफ जस्टिस जोन जी रोवर्ट जुनियरले क्यापिटल हिलमा जो बाइडेनलाई राष्ट्रपति पदको शपथ दिलाउने छन् । त्यसपछि बाइडेनले भाषण दिनेछन् । उनले मतदातालाई धन्यवाद दिनेछन् । यो कार्यक्रमपछि बाइडेनलाई सैनिकहरूले सम्मान गर्नेछन् ।

–शपथअघि विश्व चर्चित गायिका लेडी गागाले राष्ट्रिय गान गाउने छिन् । राष्ट्रपतिको शपथ कार्यक्रममा जेनिफर लोपेजको सांस्कृतिक प्रस्तुति रहनेछ । त्यसपछि बाइडेन क्यापिटल हिलदेखि ह्वाइट हाउसको यात्रामा निस्कने छन् । ह्वाइट हाउस र क्यापिटल हिलबीचको दूरी दुई किलोमिटर छ । एजेन्सी

प्रकाशित मिति : २०७७, ७ माघ बुधबार  ७ : ३८ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार