२०८२, २८ चैत्र आईतबार

महादेव भीरमा टिपर दुर्घटना, तीनको मृत्यु, एक घाइते

महादेव भीरमा टिपर दुर्घटना, तीनको मृत्यु, एक घाइते


सोलुखुम्बु, ५ माघ :  सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सीमानास्थित महादेव भिरमा टिपर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आइतबार राति करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौंडाका अन्दाजी ३३ वर्षीय रामकुमार मगर र सप्तरीका १९ वर्षीय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिए ।

हेटौंडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ । दूधकोशी सोलुखोला ९८६ मेगावाट० जलविद्युत् आयोजनाको निर्माण सामग्री लिएर आएको उक्त आइचर भिरबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सोलु जलविद्युत् आयोजना ९२३।५ मेगावाट०मा निर्माण प्रयोग भएका सामग्री निमाणाधीन ९८६ मेगावाट० दूधकोशी सोलु खोला जलविद्युत् आयोजनामा लैजाने क्रममा महादेव भिरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामग्री ढुवानीका लागि तिङलाबाटै पञ्चन निस्कन मिल्ने मार्ग भए पनि सल्यानतर्फ किन लागे भन्ने कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति : २०७७, ५ माघ सोमबार  १० : ५६ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४