२०८२, २७ असार शुक्रबार

कोरोना महामारीका कारण जापानमा आपतकाल घोषणा

कोरोना महामारीका कारण जापानमा आपतकाल घोषणा


काठमाडौं, २९ पुस :   कोरोना महामारी बढ्दै गएपछि जापानका अन्य सहरहरुमा पनि आपतकालीन अवस्थाको घोषणा गर्ने तयारी गरिएको छ । प्रधानमन्त्ती योशिहिडे सुगाले राजधानी टोकियो क्षेत्रमा लगाइएको आपतकालीन अवस्थालाई अन्य सहरमा पनि विस्तार गर्ने तयारी भएको त्यहाँको सरकारले जनाएको छ ।

प्रधानमन्त्री सुगाले टोकियोलगायत आसपासका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आपतकालीन अवस्था लम्ब्याउन लागेको बताएका हुन् । आपतकालीन अवस्थाको घोषणासँगै प्रभावित क्षेत्रमा सर्वसाधारणको आवागमनमा कडाइ गरिएको छ भने पसल तथा रेष्टुराँहरु खोल्नका लागि निश्चित समय तोकिएको छ ।

जनवरी सुरु भएपछि जापानमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले विभिन्न सहरमा आपतकालीन अवस्थाको घोषणा गर्न थालेको हो । जापानमा यसअघि गत अप्रिलमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७७, २९ पुस बुधबार  ९ : ३५ बजे

२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद्

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार

धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा बढ्दै हरियाली (तस्बिरहरु)

काठमाडौं । धोबिघाट, सानेपा, नख्खुको आठ लेन बाटोमा पछिल्लो समय

पूर्वपश्चिम राजमार्ग दाउन्नेमा अवरुद्ध सडक खुल्यो

बुटवल । अविरल वर्षका कारण सडक भासेपछि पूर्वपश्चिम राजमार्ग अन्तर्गत