बनेपा २३ पुस : काभ्रेको बेथान्चोक गाउँपालिकाले थप ६ वटा झोलुङ्गे पुल निमार्ण गर्ने तयारी गरिरहेकोे छ । गाउँपालिकाको वडा नं १ च्याम्राङबेशीदेखी च्यालाम सम्म जोड्ने झोलुङ्ग पुल निमार्ण हुने भएको छ । त्यसैगरी च्याम्राङबेशीदेखी घट्टेखोला जोड्ने अर्को पुल पनि निमार्ण हुने भएको छ ।
नारायणखोला र देउराली भञ्ज्याङ, साँङ्गाली र तिनधारे झरना जोड्ने पुल निमार्णको तयारी गरेको गाउँपालिकाका अध्यक्ष तिमल्सिनाले बताउनु दिनुभयो । अध्यक्ष तिमल्सीनाका अनुसार गाउँपालिकामा हाल ७ वटा झोलुङ्गे पुल रहेको छ । पालिका भित्रका विभिन्न गाउँ जोडने झोलुङ्गे पुलको आवश्यकतालाई मध्येनजर गरी ६ वटा झोलुङ्गे पुल निर्माण गर्ने पालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिनुभयो । चालु आर्थिक बर्षमा पुलको लागि अतिआवश्यक ठाउँको पहिचान गरिएको छ भने गत बर्षदेखी पुल निमार्णको काम सुरु गरिने पालिकाले जनाएको छ ।
पुल निमार्णको लागि पालिकाले प्रदेश सरकारसँग बजेटको माग गर्ने प्रक्रिया समेत अघि बढाएको छ ।
प्रतिक्रिया