२०८२, २४ कार्तिक आईतबार

मण्डनदेउपुरमा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिदैँ

मण्डनदेउपुरमा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन गरिदैँ


धुलिखेल २१ पुस :   काभ्रेको मण्डनदेउपुर नगरपालिकामा विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम सञ्चालन हुने भएको छ । विपन्न परिवारका लागि जिविकोपार्जन कार्यक्रम नेपाल रेडक्रस सोसाइटीद्धारा सञ्चालन हुन लागेको हो ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै यो कार्यक्रममा सहभागी हुन निवेदन माग गरेको छ । वडा नं १ देखी ११ सम्मका विपन्न परिवारहरुले निवेदन १५ दिनभित्र पेश गर्न सक्नेछन् । नेपाल रेडक्रस सोसाइटीले गत बर्ष पनि यो कार्यक्रम सञ्चालन गरेको थियो ।

यो बर्ष ११ वटा वडाका १०/१० जना गरिव तथा विपन्न परिवारलाई समावेश गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो । यो कार्यक्रममा भूमिहिन सुकुम्बासी परिवार, ‘क’, ‘ख’ वा अन्य बर्गको अपाङ्गता भएको परिवार, बाबुआमा दुवै गुमाएको नाबालक भएको परिवार र पालनपोषण तथा संरक्षण गर्ने व्यक्ति नभएको ७० बर्ष भन्दा माथिका जेष्ठ नागरिक भएका परिवार लगायतलाई प्राथमिकता दिईने बताइएको छ ।

प्रकाशित मिति : २०७७, २१ पुस मंगलबार  ९ : २९ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको