२०८२, २८ चैत्र आईतबार

धुलिखेलमा मोटरल्यान्ड रेसिङ सर्टिक संञ्चालन

धुलिखेलमा मोटरल्यान्ड रेसिङ सर्टिक संञ्चालन

यो सर्टिक विश्वकै अग्लो स्थानमा पर्छ


धुलिखेल १९ पुस : काभ्रेको धुलिखेलमा मोटरल्यान्ड सर्टिक संञ्चालनमा आएको छ । करिब साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्र्याक निर्माण गरिएको छ ।

अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ सय मिटरको रहेको छ । अल्टिमेट हिमालयन मोटरल्यान्डले सर्टिक सञ्चालनमा ल्याएको हो । व्यावसायिक मोटर स्पोर्टस र मोटर साइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सर्टिक सञ्चालनमा ल्याएको हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिनुभयो ।

सर्किटमा हाल प्रशिक्षण पनि सुरु गरिएको छ । साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोर्ट्स नेपालमा अहिले युवाबीच लोकप्रिय हुँदै गइरहेको छ । मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौँदेखि अग्रसर भएको बताएको छ ।

हातमा गन्न सकिने केही खेलाडीले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन् । यस कार्यलाई अझ सशक्त गरी तालिम, प्रतियोगितालगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ सर्किट धुलिखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरूमध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ६ : ५८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४