२०८२, १ माघ बिहीबार

धुलिखेलमा मोटरल्यान्ड रेसिङ सर्टिक संञ्चालन

धुलिखेलमा मोटरल्यान्ड रेसिङ सर्टिक संञ्चालन

यो सर्टिक विश्वकै अग्लो स्थानमा पर्छ


धुलिखेल १९ पुस : काभ्रेको धुलिखेलमा मोटरल्यान्ड सर्टिक संञ्चालनमा आएको छ । करिब साढे चार करोड लगानीमा ३५ रोपनी जग्गामा निर्माण गरिएको सर्टिकमा अफ रोड र पिच गरेर दुईवटा ट्र्याक निर्माण गरिएको छ ।

अफ रोड १ हजार २ सय मिटर र पिच ट्रयाक ८ सय मिटरको रहेको छ । अल्टिमेट हिमालयन मोटरल्यान्डले सर्टिक सञ्चालनमा ल्याएको हो । व्यावसायिक मोटर स्पोर्टस र मोटर साइक्लिङका खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ सर्टिक सञ्चालनमा ल्याएको हिमालयन मोटरल्यान्डका अध्यक्ष अनिलकुमार बरालले जानकारी दिनुभयो ।

सर्किटमा हाल प्रशिक्षण पनि सुरु गरिएको छ । साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोर्ट्स नेपालमा अहिले युवाबीच लोकप्रिय हुँदै गइरहेको छ । मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतिमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौँदेखि अग्रसर भएको बताएको छ ।

हातमा गन्न सकिने केही खेलाडीले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन् । यस कार्यलाई अझ सशक्त गरी तालिम, प्रतियोगितालगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने विभिन्न योजनाका साथ रेसिङ सर्किट धुलिखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरूमध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ६ : ५८ बजे

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा

कांग्रेस संस्थापनले निर्वाचन आयोगमा पत्र पठायो, महामन्त्रीलाई निष्कासन

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीको विशेष महाधिवेशन आयोजना