२०८३, २५ भाद्र शुक्रबार

राष्ट्रपतिविरुद्ध चरित्र हत्या हुने अभिव्यक्ति दिनेलाई कारवाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिविरुद्ध चरित्र हत्या हुने अभिव्यक्ति दिनेलाई कारवाही हुन्छ : गृहमन्त्री

राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति : अनेमसंघ


काठमाडौँ, १९ पुस  :  गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिका चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारवाही गरिने जानकारी दिएका छन् ।

अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ०ले आज बुझाएको ज्ञापनपत्र बुझ्दै उनले अमर्यादित अभिव्यक्ति दिने माथि मन्त्रालयले छानबिन शुरु गरिसकेको बताएको हो ।

मन्त्री थापाले भने,“राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानूनी र अपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारवाही गर्न निर्देशन दिएको छु ।” सङ्घले प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारवाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।

“आगामी वैशाखमा निर्वाचन गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ, तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ । ” ज्ञापन पत्रमा भनिएको छ । सङ्घले आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

लोकतन्त्रमा असन्तुष्ट पक्षहरुले सभा जुलुस गर्ने तथा आफ्नो विचार अभिव्यक्त गर्ने स्वतन्त्रता भएपनि प्रधानमन्त्री र राष्ट्रपतिको विरुद्धमा अमानवीय, अमर्यादित, अशोभनीय तथा अराजक अभिव्यक्ति आएको अनेमसंघले बताएको छ । ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिमाथि अशोभनीय र अमर्यादित विषय उठाइएको प्रति सरकारको ध्यानाकर्षण भएको बताए । साथै सम्बन्धित निकायलाई छानबिन गरी कारबाही गर्ने निर्देशन दिएको बताए ।

सङ्घकोतर्फबाट नेत्रीहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मीला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो । टोलीले आजै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।

प्रकाशित मिति : २०७७, १९ पुस आईतबार  ६ : ११ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको