२०८२, २९ भाद्र आईतबार

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनू : सर्वोच्च अदालत

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनू : सर्वोच्च अदालत


काठमाडौं, १७ पुस :   सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो ।

‘आफूले बेचेको समानको मूल्य पाउने कुरा बजारको सामान्य र सर्वस्वीकार्य सिद्धान्त तथा नियमभित्र पर्ने विषय समेत उखु उत्पादन गर्ने कृषकले प्रत्येक वर्ष आफ्नो जिल्ला सदरमुकाम हुँदै देशको राजधानी काठमाडौँसम्म भुक्तानी प्राप्तिका लागि वर्षैपिच्छे हारगुहार र धर्ना गर्नुपर्ने अवस्था छ’, आदेशमा भनिएको छ, ’यो अवस्था आफैँमा अन्यायपूर्ण मात्र नभएर लोक कल्याणकारी राज्यका लागि स्वीकार्य हुन नसक्ने विषय भएकाले आजका मितिले एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट उखु किसानहरुलाई भुक्तानी दिनू दिलाउनू ।’

अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले उक्त आदेश जारी गरेको हो । उखु उत्पादक किसान आफ्नो उखु बिक्रीको भुक्तानी नपाएको जनाउँदै आन्दोलनमा छन् ।

कृषकले आफ्नो पूँजी, मेहनत, पसिना र कतिपयले बैंकसँग व्यक्तिगत कर्जा लिएर उखु उत्पादन गरेको मूल्य तत्काल प्राप्त गर्न नसक्नाले आफ्नो जीविकोपार्जन, परिवारको भरणपोषण, शिक्षा, स्वास्थ्यजस्ता अत्यावश्यक विषयमा खर्च गर्न नसक्नाको अलावा उल्टो कर्जाका मारमा परिरहनुपरेको अवस्थाले सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक समेत हनन भएको आदेशमा जनाइएको छ । नागरिक दैनिकबाट

प्रकाशित मिति : २०७७, १७ पुस शुक्रबार  ८ : २७ बजे

जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको सरकारद्वारा औपचारिक जानकारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनको क्रममा देशभर ७२ जनाको मृत्यु

काभ्रेको बनेपाबाट ७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

बनेपा : काभ्रेको बनेपा नगरपालिका-९ बाट प्रहरीले ७३० राउण्ड गोलीसहित

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत