पनौती १३ पुस : पनौती नगरपालिकाको थप २ वटा विद्यालयमा ‘विद्यालय नर्स कार्यक्रम’ सुरुहुने भएको छ ।
नगरपालिकाको इन्द्रेश्वर माद्यामिक विद्यालयमा र भालेश्वर माद्यामिक विद्यालयमा सुरु गर्न लागिएको हो । पहिले शुरु भएको कार्यक्रममा कुशादेवी माद्यामिक विद्यालयमा उत्कृष्ट भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पुरुषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो । यो पटक शुरु भएको विद्यालयहरु पनि उत्कृष्ट बनाउने नगरपालिको लक्ष रहेको जनाएको छ । नगरपालिकाले यो बर्ष स्वास्थ्यको क्षेत्रमा करिब ५ करोड आन्तरिक रकम विनियोजन गरेको छ । यसैगरी स्वास्थ्यकै क्षेत्रमा प्रदेश सरकारको पनि ३५ लाख बजेट रहेको छ ।
बागमती प्रदेशको सफल प्रवद्धनात्मक स्वास्थ्य शिक्षा कार्यक्रम अन्र्तगतको ‘विद्यालय नर्स कार्यक्रम’ गत आर्थिक बर्षमा नगरपालिका भित्रको कुशादेवी माद्यामिक विद्यालयमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया