२०८२, १ माघ बिहीबार

बागमती प्रदेशपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित

बागमती प्रदेशपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता, भीम आचार्य मुख्यमन्त्री प्रस्तावित


काठमाडौं  १२ पुस : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ ।

भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित भएका थिए ।

शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड(माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् । दर्ता प्रक्रिया चलिरहेको एक नेताले नेपाल प्रेसलाई जानकारी दिए ।

आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड(माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले माघ ७ गते प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिश गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

प्रचण्ड(माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन् ।

 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  १० : ५८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा