२०८२, २५ कार्तिक मंगलबार

देशलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरूङ

देशलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरूङ


काठमाडौँ १२ पुस :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताउनुभएको छ । लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

उहाँले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताउनुभयो । “मोबाइल, कम्युटर जस्तै राजनीतिलाई पनि अहिले सर्भिसिङ चाहिएकोले हामीले पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा नै विघटन गरेर सर्भिसिङ गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “राजनीतिक सर्भिसिङले मुलुकलाई नयाँ गति प्रदान गर्नेछ ।”

उहाँले अब राजनीतिक र औद्योगिक क्रान्तिलाई पनि सँगसँगै लगेर मुलुकको समृद्धि गरिने बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा काम गर्न सरकारी र निजी क्षेत्रसँग मिलेर मात्र सम्भव भएको भन्दै मन्त्री गुरुङले चाँडै नै सूचना प्रविधि लगानी सम्मेलन गर्न थालिएको जानकारी दिनुभयो । सरकार प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको बताउनुभयो । उहाँले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सूचना क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयारी गरिरहेको बताउनुभयो । पूर्वनिर्वाचन आयोग प्रमुख निलकण्ठ उप्रेतीले नेपालको प्रजातन्त्रलाई विद्युतीय प्रजातन्त्रमा लैजानुपर्ने बताउनुभयो । उहाँले पायोनियर आइसिटी अवार्ड पाउनुभएको थियो । उहाँले अब हुने निर्वाचनमा विद्युतीय माध्यमबाट हुनुपर्ने बताउनुभयो । अवार्ड संयोजक राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्न हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : ४३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य