२०८२, २८ चैत्र आईतबार

देशलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरूङ

देशलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन : मन्त्री गुरूङ


काठमाडौँ १२ पुस :  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउन ताजा जनादेशमा जान थालिएको बताउनुभएको छ । लिभिङ विथ आइसिटीले आज यहाँ आयोजना गरेको ‘पाँचौँ आइसिटी अवार्ड–२०२०’ कार्यक्रममा उहाँले मुलुकलाई समृद्धि र विकासमा लैजान प्रतिनिधिसभा विघटन गर्नुपरेको बताउनुभयो ।

उहाँले राजनीतिक ‘सर्भिसिङ’ गर्न पाँच वर्षको प्रतिनिधिसभालाई तीन वर्षमा विघटन गरिएको बताउनुभयो । “मोबाइल, कम्युटर जस्तै राजनीतिलाई पनि अहिले सर्भिसिङ चाहिएकोले हामीले पाँच वर्षको प्रतिनिधिसभा तीन वर्षमा नै विघटन गरेर सर्भिसिङ गर्न थालेका छौँ”, उहाँले भन्नुभयो, “राजनीतिक सर्भिसिङले मुलुकलाई नयाँ गति प्रदान गर्नेछ ।”

उहाँले अब राजनीतिक र औद्योगिक क्रान्तिलाई पनि सँगसँगै लगेर मुलुकको समृद्धि गरिने बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा काम गर्न सरकारी र निजी क्षेत्रसँग मिलेर मात्र सम्भव भएको भन्दै मन्त्री गुरुङले चाँडै नै सूचना प्रविधि लगानी सम्मेलन गर्न थालिएको जानकारी दिनुभयो । सरकार प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले विदेशमा रहेका सूचना प्रविधि क्षेत्रका विज्ञलाई स्वदेशमा नै फर्काउने तयारी भइरहेको बताउनुभयो । उहाँले सूचना प्रविधिमा काम गर्नका लागि स्वदेश तथा विदेशका विज्ञलाई समेटेर प्रभूत्व समूह गठन गर्न थालिएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले सूचना क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले सूचना क्षेत्रमा नै काम गर्नका लागि कार्यविधि तयारी गरिरहेको बताउनुभयो । पूर्वनिर्वाचन आयोग प्रमुख निलकण्ठ उप्रेतीले नेपालको प्रजातन्त्रलाई विद्युतीय प्रजातन्त्रमा लैजानुपर्ने बताउनुभयो । उहाँले पायोनियर आइसिटी अवार्ड पाउनुभएको थियो । उहाँले अब हुने निर्वाचनमा विद्युतीय माध्यमबाट हुनुपर्ने बताउनुभयो । अवार्ड संयोजक राजन लम्सालले सूचना प्रविधिका क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्न हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ८ : ४३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४