२०८२, १ मंसिर सोमबार

धुलिखेलमा मोतियाबिन्दु भएका जेष्ठ नागरिकको निशुल्क अप्रेसन

धुलिखेलमा मोतियाबिन्दु भएका जेष्ठ नागरिकको निशुल्क अप्रेसन


धुलिखेल ८ पुस :   धुलिखेल नगरपालिकामा जेष्ठ नागरिकहरुको निशुल्क मोतियाबिन्दुको अप्रेसन हुने भएको छ । नगरले १४ जन जेष्ठ नागरिकको भोली निशुल्क अप्रेसन गर्ने भएको हो । वडा नं ६ मा सञ्चालित आँखा शिविरमा मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको निःशुल्क अप्रेसन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।

आकाश भैरब क्लबद्धारा सञ्चालित यस कार्यक्रम रेयुकाइ नेपाल र धुलिखेल नगरपालिकासँग समन्वय गरिएको छ । अप्रेसनको लागि क्लबले ४० प्रतिशत सहयोग गर्ने छ भने रेयुकाईले ५० प्रतिशत सहयोग गर्ने छ । आँखा शिविरमा जम्मा १६ जनामा मोतियाबिन्दु देखिएको थियो ।

मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको अप्रेसनपुर्व निःशुल्क पिसिआर टेस्ट पनि सम्पन्न भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक के.सीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ७ : ५८ बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट