२०८३, २५ भाद्र शुक्रबार

धुलिखेलमा मोतियाबिन्दु भएका जेष्ठ नागरिकको निशुल्क अप्रेसन

धुलिखेलमा मोतियाबिन्दु भएका जेष्ठ नागरिकको निशुल्क अप्रेसन


धुलिखेल ८ पुस :   धुलिखेल नगरपालिकामा जेष्ठ नागरिकहरुको निशुल्क मोतियाबिन्दुको अप्रेसन हुने भएको छ । नगरले १४ जन जेष्ठ नागरिकको भोली निशुल्क अप्रेसन गर्ने भएको हो । वडा नं ६ मा सञ्चालित आँखा शिविरमा मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको निःशुल्क अप्रेसन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सन्दिप के.सीले जानकारी दिनुभयो ।

आकाश भैरब क्लबद्धारा सञ्चालित यस कार्यक्रम रेयुकाइ नेपाल र धुलिखेल नगरपालिकासँग समन्वय गरिएको छ । अप्रेसनको लागि क्लबले ४० प्रतिशत सहयोग गर्ने छ भने रेयुकाईले ५० प्रतिशत सहयोग गर्ने छ । आँखा शिविरमा जम्मा १६ जनामा मोतियाबिन्दु देखिएको थियो ।

मोतियाबिन्दु पहिचान भएका जेष्ठ नागरिकको अप्रेसनपुर्व निःशुल्क पिसिआर टेस्ट पनि सम्पन्न भएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक के.सीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ८ पुस बुधबार  ७ : ५८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको