धुलिखेल ८ पुस : काभ्रेमा कोरोना भाइरस संक्रमणका कारण एकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेथान्चोक गाउँपालिकाका ८६ बर्षिय एक महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । महिलाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो ।
बुधबार काभ्रेमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा बनेपाका नगरपालिकाका ५ जना महिला र ३ जना पुरुष छन् । यसैगरी धुलिखेल ३ जना महिला र ४ जना पुरुष, पाँचखालका १ जना महिला, पनौतीका १ जना पुरुष रहेका छन् भने महाभारत गाउँपालिकामा १ जना पुरुष रहेको स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले बताउनु भयो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय १७ पुगेको छ भने १ सय ३५ जना संक्रिय संक्रमित छन् । उनीहरु मध्ये १ सय ३५ जना होम आइसोलेसनमा छन् भने १२ जना अस्पताल आइसोलेसनमा उपचाररत छन् ।
प्रतिक्रिया